पहिलो प्रथामिकता कास्कीकोटमा सहज खानेपानीको उपलब्धता : धनराज आचार्य
काठमाडौं । पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्यले आफु निर्वाचित भएपछि कास्कीकोटका जनतालाई शुद्ध खानेपानीको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरा २४ कास्कीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले महानगरवासी भएरपनि सहज खानेपानीको उपभोगबाट बञ्चित हुनु बिडम्बना भन्दै कास्कीकोटका नागरिकलाई खानेपानी उपलब्ध गराउने आफ्नो पहिलो प्राथामिकता हुने बताएका हुन् ।
उनले भने, ‘कोट पोखरी र पाटनले बनेको शहर हो पोखरा, हाम्रा पुर्खाले निर्माण गरेका कोट पोखरी अहिले संरक्षणको अभावमा लोप हुने अवस्थामा छन्, यि कोट पोखरीको संरक्षण गर्नु स्थानिय सरकारको दायित्व हो ।’
कास्कीकोटको ऐतिहासिकतालाई जिवन्त राख्नु पर्नेमा जोड दिदै उमेदवार आचार्यले कश्यप ताल पोखरिमा बदलिएको देख्दै गर्दा आफु दुखी भएको बताए ।
नगरप्रमुखमा निर्वाचित भएपछि संरक्षणको अभावमा दिनदिनै घटिरहेको कश्यप तालको महत्वलाई उजागर गर्ने आचार्यले बताए । कश्यप ऋषिको कहानी र तालको ऐतिहासिकता माथी चर्चा नहुदाँ अझेलमा परेको उनले बताए ।
तालको थप सौन्दर्यकरण गरि यसको पानी कुनैपनि मौषममा नघट्ने अवस्थामा पुर्याइने उनले बताए ।पर्यटन विकासका कयौ सम्भावनाहरु माथी नजरअन्दाज गरिदाँ आर्थिक रुपमा समेत घाटा बेहोर्नु परेको बताएका उनले पर्यटनलाई ब्राण्डिङ् गर्नुपर्नेमा जोड दिए ।
पर्यटन विकासका लागि आवश्यक अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु पनि गठबन्धनका उमेदवारहरुसंग रहेको अचार्यले बताए ।
महानगरपालिकाको पहिलो बैठकबाट नागरिकसंग प्रत्यक्ष रुपमा जोडिने अत्यावश्यक सेवाका सम्बन्धमा निशुल्क साथै न्युनतम शुल्क तय गरिने आचार्यले बताए । यस्तै पोखरालाई पर्यटनको राजधानी शहरका रुपमा घोषणा गर्नका लागि संघिय सरकार मार्फत निर्णय गराईने पनि उनले बताए ।
आचार्यका अनुसार पोखरा महानगरपालिकाको विकास ३ तहमा बाँडेर गर्नु उपयुक्त हुनेछ । शहर तथा ग्रामिण भुगोलको अवस्था हेरिकन विकासका योजनाहरु बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिए ।
पोखराका ३३ वटै वडामा शैक्षिक सुधारको अभियान चलाउने उनले बताए । यस्तै प्रत्येक वडामा विशेषज्ञ सहितको प्रभावकारी स्वास्थ्य सेवा दिने उमेदवार आचार्यले प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
१.
सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ
-
२.
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
-
३.
शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेको भन्दै एमालेलाई प्रधानमन्त्रीको धन्यवाद
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...




