शिक्षा

शिक्षक महासंघले आज दियो एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना

काठमाडौँ। नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन्। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

आन्दोलित शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालयमा र नेकपा एकीकृत समाजवादीको कार्यलयमा धर्ना कार्यक्रम राखेको महासंघले जनाएको छ ।पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको महासंघले जनाएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउँसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन्।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...