मुख्य समाचार

यात्रुबाहक अटो खोलामा खस्दा तीन बेपत्ता

काठमाडौं। दार्चुलामा यात्रुबाहक अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिका-५ सौँकेबजारस्थित नौगाड खोलामा म १ ह ११४८ नम्बरको अटो खसेको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, होपरीबाट गोकुलेश्वर आउँदै गर्दा भित्री सडकखण्डमा दुर्घटना भएको अटो खोलामा खसेको हो । बेपत्ता तीन जनाको पहिचान हुन नसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले खोजीका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको जानकारी दिए ।

अटोमा चालकसहित पाँच जना सवार थिए । एक जना घाइते एकलाई अस्पताल पुगाइएको छ भने प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...