प्रमुख खवर

राजविराज पुग्यो लोकतान्त्रिक मोर्चाको कार्यक्रम, नेताले गरे भूमि विधेयकको विरोध

काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चाको पूर्वघोषित कार्यक्रम बुधबार राजविराज पुगेकाे छ । राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा ‘वर्तमान राजनीतिक अवस्थाक सन्दर्भ मे जनजागरण अभियान’ विषयमा छलफल भएकाे हाे । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशीको जन्म नै संघर्ष गर्नलाई भएकाले संघर्षबाट मधेशी पछि नहट्ने बताए । भूमि ऐनले मधेशीहरूलाई एकजुट भएर लड्न बाध्य बनाएको उनकाे तर्क थियाे । ‘मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउन भूमि ऐन ल्याइएको हो,’ उनले भने ।

कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेशको उब्जाउ भूमिलाई मरुभूमि बनाउने षड्यन्त्र ल्याउने प्रयास भइरहेकाे बताए ।

अर्का नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्ता गठबन्धन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको आराेप लगाए । भूमि ऐन पास हुँदा संसदमा मोर्चाका घटक दलको ‘पोजिसन’ के रह्यो, प्रस्ट्याउनुपर्ने बताए । कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले कसैलाई पनि माेर्चालाई कमजाेर पार्ने छुट नभएकाे तर्क गरे ।

उनले भूमि विधेयक भूमिविहीन र सुकुम्बासीका लागि भन्दा पनि भूमाफियाका लागि ल्याएको आराेप लगाए ।

कार्यक्रममा मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले अहिलेको गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको तर्क गर्दै आन्दोलनकारीमाथिको झुटा मुद्दा सरकारले फिर्ता लिनुपर्ने धारणा राखे ।

समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर गत चैतमा तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...