मुख्य समाचार

बागलुङमा डेंगुका भन्दा स्क्रब टाइफसका बिरामी बढी

गलकोट।  बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै देखिएका छन्। साउनयता जिल्लामा २० जनामा डेङ्गु सङ्क्रमण देखिँदा १५८ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ।

स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार डेङ्गुभन्दा आठ गुणाबढी स्क्रब टाइफस देखिएको छ। स्क्रब टाइफसका सबैभन्दा धेरै सङ्क्रमित गलकोट नगरपालिकामा फेला परेका छन्।

गलकोट नगरपालिकामा १३५ जना स्क्रब टाइफसबाट सङ्क्रमित भएका छन्। त्यसपछि बडिगाड गाउँपालिकामा आठ, ताराखोला गाउँपालिकामा चार र ढोरपाटन नगरपालिकामा एक जना सङ्क्रमित भेटिएका छन्। अन्य जिल्ला ठेगाना भएका छ जना सङ्क्रमित भएका छन्। गलकोट नगर अस्पतालमा १५८ जनामध्ये १५३ जना, धौलागिरी अस्पतालमा चार जना र बुर्तिबाङ अस्पतालमा एक जनामा स्क्रब टाइफस पुष्टि भएको हो।

गलकोट नगर अस्पतालमा आउने बिरामीमध्ये दैनिक न्यूनतम पाँच जनासम्मका बिरामीमा स्क्रब टाइफस देखिएको छ। अन्यत्रभन्दा यहाँ धेरै परीक्षण गरेका कारण सङ्क्रमणको सङ्ख्यासमेत बढी पाइएको गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए। उनले अहिले अस्पतालमा सात जना स्क्रब टाइफस र डेङ्गुका बिरामी उपचाररत रहेका र अन्य बिरामी उपचारपछि घर फर्केको जानकारी दिए।

स्क्रब टाइफस मुख्यतया झारपात र घाँसपातमा बस्ने किराबाट फैलने भएकाले सावधानी अपनाउन पर्ने स्वास्थ्यकर्मी बताउँछन्। सङ्क्रमितलाई उच्च ज्वरो, टाउको दुख्ने, शरीरमा रातो दाग आउनेलगायतका लक्षण देखिने गर्छ।

यसै गरी, बागलुङमा चालु आर्थिक वर्षमा पुष्टि भएका २० जना डेङ्गु सङ्क्रमितमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकामै रहेको पाइएको छ। जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनस्वास्थ्य निरीक्षक शर्माले बताए। उनका अनुसार बागलुङका १० स्थानीय तहमध्ये सबैभन्दा बढी गलकोट नगरपालिकामा नौ जना सङ्क्रमित छन्।

ढोरपाटन नगरपालिकामा चार, ताराखोला गाउँपालिकामा दुई, बागलुङ नगरपालिकामा तीन, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा एक/एक जना डेङ्गु सङ्क्रमित भेटिएका छन्। अन्य पालिकामा हालसम्म डेङ्गु सङ्क्रमित भेटिएका छैनन्।

डेङ्गु सङ्क्रमित २० मध्ये गलकोट नगर अस्पतालमा ११, बुर्तिबाङ अस्पतालमा पाँच र धौलागिरि अस्पतालमा चार जना उपचारपछि घर फर्केका छन्।

सम्बन्धित समाचार

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...