बन्द गर्ने चेतावनीपछि सम्पर्कमा आयो ट्वीटर
काठमाडौं। सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको हो।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरबाट आज इमेल प्राप्त भएको पुष्टि गरे । ठाकुरका अनुसार सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको थियो । इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको उनले जानकारी दिए ।‘हामीले आवश्यक डकुमेन्टको विवरणसहित जवाफ पठाइसकेका छौं,’ उनले भने ।
डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ । फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए ।
‘फेसबुकले व्यक्तिगत तवरमा कसैसँग सम्पर्क गर्यो होला, तर आधिकारिरुपमा हामीलाई केही पनि आएको छैन,’ उनले भने ।
ताजा अपडेट
-
१.
खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह
-
२.
सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्यः अध्यक्ष ढकाल
-
३.
निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल
-
४.
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
-
५.
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...
कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...




