कोरियन एजुकेशन फेयर भोलि, शतप्रतिशतसम्म छात्रवृत्तिको अफर
काठमाडौं। कोरियामा अध्ययन गर्न चाहने विद्यार्थी लक्षित बृहत कोरिया शैक्षिक मेला–२०८२ शनिबार हुने भएको छ। कोरिया शैक्षिक परामर्श नेपाल (केक्यान)को आयोजनामा नयाँ बानेश्वरको `द एभरेस्ट होटल´ मा शतप्रतिशत छात्रवृत्तिको अफरसहित मेला आयोजना हुन लागेको हो।
लामो समयदेख कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सहजीकरण गर्दै आएका २३ कल्सल्टेन्सीका ७० भन्दा बढी तालिमप्राप्त एवं अनुभवी प्रशिक्षकबाट विद्यार्थीलाई परामर्श दिइने केक्यानका अध्यक्ष विष्णु खड्काले जानकारी दिए।

शनिबार बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म आयोजना हुने मेलामा कोरियाका शैक्षिक अवसरहरू, छात्रवृत्ति, अध्ययन प्रक्रिया, भिषा प्रक्रिया, पाठ्यक्रमका बारे जानकारी दिइने केक्यानले बताएको छ ।
मेलाबाट दुई हजारभन्दा बढी विद्यार्थी र अभिभावकहरुलाई परामर्श प्रदान गर्ने उद्देश्य राखिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत केक्यानले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले भने, ‘मेलामा केक्यानमा आबद्ध सदस्य शैक्षिक परामर्शदाताहरु र नेपाली विश्व विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहनेछ। मेलाबाट विद्यार्थीले शत प्रतिशतसम्म छात्रवृत्ति पाउँछन्।छात्रवृत्ति प्रतिशत विद्यार्थीको जिपिए र आइइएलटिएस स्कोरले निर्धारण गर्छ।´
पत्रकारको प्रश्नको जवाफ दिँदै निवर्तमान अध्यक्ष गणेश शर्माले एकैठाउँमा २३ कन्सल्टेन्सीका ७० भन्दा बढी प्रशिक्षकबाट परामर्श पाउने भएकाले मेला कोरिया जाने विद्यार्थीलाई राम्रो मौका हुने बताए।
‘विद्यार्थीले आफूले मनपर्ने परामर्शदाता र प्रशिक्षकबाट कोरियाका विश्वविद्यालय र शैक्षिक संस्थाबारे जानकारी लिने यो सुनौलो मौका हो, शर्माले भने, ‘साथै केही भाग्यशाली विद्यार्थीले राम्रो छात्रवृत्ति पनि प्राप्त गर्छन्।

कोरिया शैक्षिक परामर्श संघ नेपालले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरुलाई संगठित गर्दै, स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी, अभिभावक र शैक्षिक परामर्शदाता संस्थाहरुको हक हितका लागि स्थापना भएका शैक्षिक संस्थाहरुको छाता संस्थाको रुपमा काम गर्ने उदेश्यले कोरिया शैक्षिक परामर्श संघ नेपाल संघ संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको मुनाफा रहित गैरसरकारी संस्था हो।

ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




