अमृत आधारभूत विद्यालय अन्यन्त्र गाभ्ने एकपक्षीय निर्णय प्रति गम्भीर ध्यानाकर्षण
पाँचथर । सार्वजनिक विद्यालय समायोजन सम्बन्धी कानुनी व्यवस्था उपेक्षा गर्दै अमृत आधारभूत विद्यालय अन्यत्र गाभ्ने एकपक्षीय निर्णय सच्याउन सरोकारवालाहरुले कुम्मायक गाउँपालिका नेतृत्वको गम्भीर ध्यानाकर्षण गरेको छ ।
अमृत आधारभूत विद्यालय कुम्मायक क्षेत्रको सबैभन्दा पुरानो विद्यालय हो, यस क्षेत्रको पहिलो ज्ञानको ज्योति हो । यस परिवेशमा विद्यालय गाभ्ने कुम्मायक गाउँपालिकाको एकतर्फी निर्णय कानुन विपरीत मात्र नभएर अव्यवहारिक रहेको सरोकारवालाहरुको भनाइ छ । यस विद्यालयमा बजेट वा विद्यार्थी अभाव जस्ता कुनै समस्या छैन । विद्यालयको आफ्नै भवन, भौतिक संरचना र सात रोपनी बराबर जमीन छ ।
विना कुनै योजनाको निर्णयले यस क्षेत्रको इतिहास मेट्ने काम मात्र गर्ने स्थानीय बासिन्दाको भनाइ छ । अमृत आधारभूत विद्यालयमा ४३ विधार्थी अध्ययनरत छन् भने बजेट संघीय सरकारबाट उपलब्ध हुँदै आएको छ ।
कुम्मायक गाउँपालिका प्रशासनले आधारभूत विद्यालय पृथ्वी माविमा समायोजन गर्ने निर्णय गरे पनि आधारभूत विद्यालयले व्यवस्थापन समितिको निर्णयसहित उक्त गल्ती सच्याउन गाउँपालिका नेतृत्वसँग जोडदार माग गरेको छ ।
शैक्षिक सत्रको बीचमा, विद्यालय व्यवस्थापन र अभिभावकसँग कुनै समन्वय नगरी कुम्मायक गाउँपालिकाले गरेको एकल निर्णय सार्वजनिक विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यविधि, शिक्षा ऐन र समायोजन कार्यविधि विरुद्ध रहेको विद्यालय प्रशासन र व्यवस्थापन समितिको दावी छ ।
आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रकाश लावती, शिक्षक अभिभावक संघका अध्यक्ष उर्मीला निरौला र प्रधान अध्यापक भेषबहादुर लावतीले संयुक्त रुपमा हस्ताक्षर गरेको पत्र विद्यालयको प्रतिनिधिमण्डलले गाउँपालिका अध्यक्ष बम लावती समक्ष शुक्रबार बुझाएको छ ।
विद्यालय समायोजन गर्न सम्बन्धित दुवै विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय समुदायको सहमति आवश्यक हुन्छ । दुई विद्यालय व्यवस्थापन समिति बीच संझौता पत्रमा हस्ताक्षर समेत गरिनु पर्दछ जो कानुनी प्रावधानहरु केही पूरा गरिएको छैन ।
समायोजनपश्चात आधारभूत विद्यालयको सात रोपनी जग्गा कसरी उपयोग गर्ने भन्ने विषयमा कुनै योजना छैन । जग्गाका दातालाई समेत गाउँपालिकाको तर्फबाट कुनै खबर वा सरसल्लाह गर्ने काम भएको छैन ।
यासोक बजारको बीचमा यति ठूलो खाली जमीन उपलब्ध हुन करिव असम्भव छ । विद्यायल समायोजनको चर्चासँगै जमीनको उपयोगलाई लिएर स्थानीय तहमा शंका उपशंका व्यक्त गर्न थालिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...
ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...




