पुतलीबजारमा युआरएलको शाखा

पोखरा । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्याङ्जाको पुतलीबजारमा सेवा विस्तार गरेको छ । यसअघि स्याङ्जाकै बालिङमा युआरएलको शाखा खुलिसकेको छ ।
स्याङ्जा बजार र आसपासका सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन शुक्रबारबाट औपचारिक रुपमा सातौं शाखा सञ्चालन हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । करिब १ करोड लगानीमा स्थापना भएको प्रयोगशालाबाट भिटामिन, क्यान्सर, थाइराइड, बाँझोपन, मृर्गौला, कलेजो, मुटु, हाडजोर्नी, बाथ, नशा, एलर्जी सहितका जाँच हुने छन् ।
विभिन्न संघ, संस्थासँग सहकार्य गरी कास्की र गण्डकीका विभिन्न जिल्लामा युआरएलले सित्तैमा रगत जाँच शिविर र सचेतना कार्यक्रम आयोजना गर्दै अएको छ । युआरएल अध्यक्ष पन्त भन्छन्, ‘प्रदेशको पहिलो र अग्रणी ल्याब भएकाले यो क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने र जनतालाई सुलभ तवरले गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौं ।’
ल्याब स्थापनाको अवसरमा वैशाख महिनाभर मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइएको छ । युआरएल गण्डकी प्रदेशका बासिन्दालाई स्थानीय ठाउँमै गुणस्तरी ल्याब सेवा दिन प्रतिवद्ध रहेको अर्थ निर्देशक गणेश कोइरालाले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




