सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोध प्रदर्शन कार्यक्रमप्रति बालेनको समर्थन
काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा सोमबार हुने प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले स्वतस्पूर्त हुन लागेको जेनजीको प्रदर्शनमा आफ्नो भरपुर समर्थन रहेको बताएका हुन्।
उनले जेनजीहरू २८ वर्ष मुनिहरू हुने र आफू त्यो भन्दा बुढो देखिने भन्दै जेनजीहरूको कुरा बुझ्न मन लागेको पनि बताएका छन्। त्यस्तै उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा जान नमिले पनि समर्थन रहेको भनेका हुन्।
‘भोलिको र्याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजी को हो?, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला,’ उनले भनेका छन्,’म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’
बालेनले जेनजीले कस्तो देश चाहेको हो भनेर प्रश्न पनि गरेका छन्। उनको प्रश्न छ, ‘प्रिय जेनजी भन्नुस्- तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?’
भोलि सोमबार काठमाडौँको माइतीघरमा जेनजीले सामाजिक सञ्जाल विरोधसँगै भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्दैछन्। यसका लागि सामाजिक सञ्जाल टिकटकमा अभियान नै चलेको छ।
ताजा अपडेट
-
१.
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
-
२.
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
-
३.
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
-
४.
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
-
५.
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...
सेयर बजारमा हरियाली
काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...




