मुख्य समाचार

स्थापनाको ७५ वर्षको उमेरमा एमालेले झन्डा फेर्ने

गोदावरी। नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्णायर्थ पेश गरेपछि प्रतिनिधिहरुले तालिको ध्वनीका साथ प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा विश्व कम्युनिस्ट पार्टीहरुको लोगो हँसिया हथौडाको रंग एमालेले फेरेको छ ।

सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ । विधान महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा. विजय सुब्बालाई दोहो¥याएको छ । उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्साङ लामासहित सर्वसम्मत निर्वाचित भएका छन्।

सम्बन्धित समाचार

आज पानी पर्ने सम्भावना

आज पानी पर्ने सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...

झापाका ३ ठाउँमा आगलागी

झापाका ३ ठाउँमा आगलागी

काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर...

निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू

निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू

जनकपुरधाम। निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन...

एन्फा कार्यालयमा तालाबन्दी

एन्फा कार्यालयमा तालाबन्दी

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ। आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध...