भक्तपुरको एभरेस्ट स्कुलमा अन्तर सांस्कृतिक कार्यक्रम
भक्तपुर। एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा अन्तर सांस्कृतिक कार्यक्रम भएको छ।
नेपाल र जर्मन दुई देशवीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ अन्तर सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा नेपाल र जर्मन दुई देशका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो। नेपाली धिमे नाचलगायत देखाइएको थियो भने जर्मनका विभिन्न नाचहरु पनि एउटै स्टेजमा देखाइएको थियो । दुवै नाच नेपाली विद्यार्थीले देखाएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न स्टलहरु राखेर प्रदर्शन गरिएको थियो । ती स्टलहरुमा नेपाली र जर्मन खानाका विभिन्न परिकारहरुको स्वाद चाख्न सकिने व्यवस्था पनि गरिएको थियो । इच्छुकहरुले पैसा तिरेर ती स्वादको मज्जा लिएका थिए।
साथै कार्यक्रममा नेपालका विभिन्न खेलहरुको पनि प्रदर्शन गरिएको थिए । साथै जर्मनमा विभिन्न स्टलहरु पनि रहेका थिए ।
कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, स्कुलका जर्मन भाषा शिक्षकलगायतले नेपाल र जर्मनको सम्वन्धकोबारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्कुलमा चारदेखि ८ कक्षासम्मका विद्यार्थीहरु सहभागी रहेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




