मुख्य समाचार

जेनजीको प्रदर्शनले संसद् बैठक प्रभावित, राष्ट्रियसभा स्थगित

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक नै प्रभावित भएको छ।

आन्दोलन उग्र बनेपछि संसद भवन आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको छ भने आन्दोलनकारीले संसद भवनको गेटमा नै आगो लगाइदिएका छन्।

सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्र पार गरेका प्रदर्शनकारी संसद भवनको गेट नाघेर भित्र छिरेका थिए। उनीहरुलाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा र अश्रुग्यास हानेको थियो।

त्यसैका कारण आज सोमबार दिउँसो १स्१५ बजे बोलाइएको बैठक राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले भदौ २५ गते बुधबार दिउँसो १स्१५ बजे बस्नेगरी बोलाएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

 

सम्बन्धित समाचार

आज पानी पर्ने सम्भावना

आज पानी पर्ने सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...

झापाका ३ ठाउँमा आगलागी

झापाका ३ ठाउँमा आगलागी

काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर...

निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू

निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू

जनकपुरधाम। निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन...

एन्फा कार्यालयमा तालाबन्दी

एन्फा कार्यालयमा तालाबन्दी

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ। आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध...