जेनजीको प्रदर्शन अग्र बनेकोमा प्रचण्डको दु:खी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
‘आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्छु,’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्।
अध्यक्ष प्रचण्डले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार विरूद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग गरेका छन्।
‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्,’ सोमबार दिउँसो गोरखामा रहेका अध्यक्ष प्रचण्डले भनेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
आज पानी पर्ने सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...
झापाका ३ ठाउँमा आगलागी
काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर...
निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू
जनकपुरधाम। निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन...
एन्फा कार्यालयमा तालाबन्दी
काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ। आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध...




