मुख्य समाचार

इटहरीमा गोली लागेर २ जना प्रदर्शनकारीको मृत्युु

काठमाडौँ। सुनसरीको इटरहरीमा गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ। जेन जीहरूले इटहरीमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थ‍ियो।

प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका प्रमुखको कार्यकक्षमा आगजनी पनि गरेका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका युवा प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै मेयरको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आगजनी गरेको स्थानीय प्रशासनले जनाएको छ।

सोमबार उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले सुशासन र पारदर्शिताको माग गरेका थिए। प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि मध्याह्नतिर प्रदर्शनकारीहरू उग्र बन्दै गएका थिए।

आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...