मुख्य समाचार

भाटभटेनीका २८ मध्ये २१ स्टोरमा क्षति, १२ वटा पूर्ण आगजनी

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका २८ वटा स्टोरमध्ये सातबाहेक सबैमा क्षति पुगेको छ । मंगलबार भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा भएका स्टोरमा क्षति पुगेको हो ।

भाटभटेनीले पढ्दै रोजगारीदेखि पूर्णकालीनरुपमा हजारौँ युवालाई रोजगारी दिएको थियो ।

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका २८ वटा स्टोरमध्ये सातबाहेक सबैमा क्षति पुगेको छ । मंगलबार भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा भएका स्टोरमा क्षति पुगेको हो ।
भाटभटेनीले पढ्दै रोजगारीदेखि पूर्णकालीनरुपमा हजारौँ युवालाई रोजगारी दिएको थियो ।

पूर्णरुपमा जलेर सञ्चालनमा आउनै नसक्ने खालका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको अध्यक्ष मिनबहादुर गुरुङले बताए ।

भाटभटेनीका २८ स्टोरमध्ये १२ वटा स्टोरमा पूर्ण आगजनी गरिएको छ ।

नक्साल भाटभटेनी, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको भाटभटेनीका सीओओ पानु पौडेलले जानकारी दिए ।

त्यसैगरी कलंकी, थिमी, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा तोडफोड गरेर अधिकांस सामग्री लुटपाट गरिएको छ । बाँकी रहेका सातवटामा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगन्जमा भने तोडफोड भएको छैन ।

क्षतिको विवरण आउन कम्तिमा पनि दुई तीन साता लाग्ने भाटभटेनीले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (फागुन २७) सुनको मूल्य...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा...

राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु

राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु

सप्तरी। सप्तरीको राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु भएको छ। स्थानीय कल्टु दास पोखरीमा डुबेर राजविराज नगरपालिका–४ का २५...