मुख्य समाचार

नागरिक सरकारसँग काम गर्न तयार छौं: मुख्यसचिव अर्याल

काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन्।

अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताए।

राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरु भइसकेको उनको भनाइ छ ।

त्यसैगरी सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको पनि जानकारी दिए।

उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए।

‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरु अनलाइनबाट सुरु गरिसकेका छौं । अत्यावश्यक आवश्यक सेवाहरु खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरुको लागि पनि हामीले तद्तद् निकायहरुलाई निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘हिजो र अस्ति मन्त्रालयका सचिवहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ । सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ । सुरक्षास्थिति सामान्यउन्मुख छ ।’

उनले अब बन्ने नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार रहेको जानकारी दिए । ‘सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरिक्षणपछि छलफल पनि गर्यौं । कति क्षति भएको छ त्यसको आँकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरु भइरहेको छ । त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं ।’
उनले नागरिकलाई अत्यावश्यक सेवा प्रवाह गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको बताए। -न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...