मुख्य समाचार

रौतहट प्रशासनद्वारा १० बुँदे निर्देशन जारी

रौतहट । जेनजी आन्दोलनपछि जिल्लामा नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले १० बुँदे निर्देशन जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयको आयोजनामा आइतबार बसेको कार्यालय प्रमुखहरूको बैठकको निर्णयअनुसार सो निर्देशन सार्वजनिक गरिएको हो।

आन्दोलनका क्रममा तोडफोडबाट भएको क्षतिको व्यवस्थापन र आगामी दिनमा कार्यालयीय कार्यलाई व्यवस्थित बनाउन प्रशासनले निर्देशन जारी गरेको हो। निर्देशनअनुसार सम्बन्धित कार्यालयहरूले तोडफोड तथा आगलागीबाट भएको अनुमानित क्षतिको विवरण प्रमाणसहित प्रशासनमा बुझाउनुपर्नेछ। साथै, कार्यालय परिसर र आफ्नै भवन तथा कर्मचारीहरूको सुरक्षामा विशेष ध्यान दिन र स्थानीय समुदायसँग सहकार्य गर्न भनिएको छ।

सार्वजनिक सेवा प्रदायक निकायहरूलाई इन्टरनेट, विद्युत् लगायतका सेवामा सहज पहुँच सुनिश्चित गर्न तत्काल पहल गर्न आग्रह गरिएको छ। कार्यालय तथा कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने र आकस्मिक अवस्थाबाहेक अन्य कार्यक्रममा सहभागी नहुन समेत भनिएको छ। भदौ २९ गतेदेखि सबै कार्यालयहरूले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ। राष्ट्रिय गोपनीयता सम्बन्धी कानुनको कडाइका साथ पालना गर्नुपर्ने र सुरक्षासम्बन्धी संवेदनशीलतामा सतर्क रहन समेत निर्देशन दिइएको छ।

सम्भावित चोरी, डकैती, विध्वंस वा अवाञ्छित गतिविधि रोकथामका लागि सावधानी अपनाउन र समस्या भए तुरुन्तै प्रहरीलाई जानकारी दिन भनिएको छ। सोही मितिदेखि जिल्लाभरका विद्यालय सञ्चालनमा ल्याउनुपर्ने र स्थानीय तहले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ। सबै कार्यालयहरूले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन र सार्वजनिक सेवामा प्रभावकारिता कायम राख्न प्रशासनले जोड दिएको छ।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...