मुख्य समाचार

जेन जी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानविन गर्नुपर्छः गृहमन्त्री अर्याल

काठमाडौं। गृहमन्त्री ओमप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानविन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उहाँले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताउनुभएको हो । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभुति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानविनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो ।

उहाँले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताउनु भयो । गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढन पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिलो प्राथमिकताको रुपमा जसको मृत्यु भयो । शवको व्यवस्थापन गर्नुपर्छ । उनीहरुको परिवारलाई के के सहयोग गर्नुपर्छ । घाइतेहरुको त उपचार नै गर्नुपर्‍यो । घाइतेलाई कुर्नेहरुको सम्बन्धमा पनि त्यही अनुसार गर्नुप¥यो । उहाँहरुलाई राज्यले शहीद घोषणा गरिसकेको छ । शहीद घोषणा गरिसकेपछि त्यहीअनुसार मान र सम्मान पनि दिनुपर्यो‍ । त्यसमा पनि हामीले केही प्रक्रिया अघि बढाईसकेका छौं । शोक दिवस मनाउने लगायतका कुराहरु छन्।

यी सबै कुराहरुलाई हेर्दा राज्यले पीडितलाई र उहाँहरु सरिक भएर गरिएको जनबिद्रोहलाई पूरापुर देशको राष्ट्रपति संस्थादेखि लिएर सबैले यसलाई स्विकारी सकेको अवस्था भएको हुनाले यो कुरा सबैलाई अनुभूति गराउनु पर्छ । किनभने हामी हरेक चोटी जनआन्दोलन सफल भएपछि ट्रान्जिक्शन र त्यसपछिको अवस्थामा यो खालको भाष्यमा केन्द्रित भएका हुन्छौं । विगतमा पनि त्यही हो, अहिले पनि त्यही हो । त्यसकारणले युद्ध हुन्छ । युद्धको कानून हमेशा हुन्छ । अव यहाँ सुरक्षा क्षेत्रकै सरहरु, म्याडमहरु हुनुहुन्छ । अव कहीँ विद्रोह छ भने त्यसको पनि आफ्नो कानून हुन्छ । कति गर्न पाउने, नपाउने भन्ने हुन्छ । त्यस स्थितिलाई सामान्यीकरण गर्दै रुल अफ ललाई हामीले ब्रेक डाउन भएको छ । त्यसलाई हामीले पुनस्र्थापना गर्नु छ । जहाँ अधिक बल प्रयोग भएको छ । जहाँ दुरुपयोग भएको छ आफ्नो अधिकारको, स्वतन्त्रताको । त्यसको पनि जाँचबुझ हुनै पर्छ निष्पक्ष रुपमा । यसलाई गर्नै पर्छ । हाम्रै छोराछोरी मारिनु भएको छ । धनजनमा क्षति भएको छ । यसलाई हामी सबैले मिलेर सम्बोधन गर्नैपर्छ । त्यसकारण मैले यी सबै विषयलाई मूर्त रुपमा सम्बोधन गर्ने भनेको प्रोफेशनल वर्गले नै हो । राज्यका संयन्त्रले नै हो । यसमा हामी सबै मिलेर गरौं ।’

मन्त्री अर्यालले आन्दोलनका क्रममा भएका शहीदको सम्मानमा सरकारले कुनै कमी हुन नदिने पनि बताउनु भयो । -न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...