मुख्य समाचार

क्षतविक्षत बनेको एमाले मुख्यालय लयमा फर्काउने प्रयास

काठमाडौं। जेनजी आन्दोलनका नाममा गरिएको विध्वंसात्मक प्रदर्शनका कारण क्षतविक्षत भएका भवनहरू पुनर्निमान गर्न थालिएको छ।

गत भदौ २४ मा देशभर संरचनामाथि आगलागी र तोडफोड गरेका भवनलाई पुरानै लयमा फर्क्याउने प्रयत्न गरिएको छ। जेनजीको आन्दोलनमा क्षतविक्षत भएका संरचनामध्ये एक हो, च्यासलस्थित एमाले मुख्यालय। विभिन्न समूहमा आएका युवाले च्यासललाई चारैतिरबाट तोडफोड गरेका थिए। भग्नावशेष जस्तो बनेको संरचनालाई लयमा फर्काउन एमालेका युवा नेताहरू कस्सिएका छन्।

आन्दाेलनकारीले एमाले कार्यालयको भित्ता र पर्खालमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गाली गर्दै लेखेका अश्लील शब्दहरू पनि आज हटाइएको छ । नेताहरू रोशन बस्नेत र प्रकाश गौतमले ती सबै शब्दहरू मेटाउनुभएको छ।

आजै एमालेको पार्टी कार्यालयमा झण्डा राखिएको छ । महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता कार्यकर्ताहरू सोमबार च्यासलस्थित कार्यालय पुग्नुभएको थियो।

२४ भदौमा आन्दाेलनरत पक्षबाट जलाइएको कार्यालयमा पुगेका नेता कार्यकर्ताहरूले पार्टीको झण्डाले जलेको भवनको एक छेउ ओताएका छन् । महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो।

उनले महासचिव पोखरेलले असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउन पनि सबैलाई निर्देशन दिनुभयो।

 

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...