प्रमुख खवर

पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छः अध्यक्ष दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुग्नुभएका अध्यक्ष दाहालले यस्तो घोषणा गर्नुभएको हो । उहाँले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने बताउनु भयो । उहाँले पार्टीका माइन्युटहरु बँचेको र पुस्ताकालय बँच्नु राम्रो पक्ष भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी काार्यलयका सबै कोठाहरुको अवलोकन हामीले ग¥यौँ । निकै ठूलो क्षति भएको देख्यौँ । पार्टीका माइन्युटहरु बँचेको भन्ने सुनेँ, त्यसको लागि यहाँ काम गर्ने साथीहरुलाई धन्यवाद छ । केही कम्प्युटर, लाइबेरी र केही रेकर्डहरु बँचेको रहेछ, त्यो बचाउन भुमिका खेल्नेहरुलाई पनि धन्यवाद । क्षति त पुग्यो तर अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइनेछ ।’

जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । -न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...