प्रमुख खवर

आरजीआइटी अष्ट्रेलिया र युआइएद्वारा नेपालका पार्टनरहरुसँग छलफल

काठमाडौं । अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरि रोयल ग्रिनहिल इन्टिच्युट अफ टेक्नोलोजी (आरजीआइटी) र अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया (युआइए)को आयोजनामा नेपालमा रहेका आफ्ना पार्टनरहरुसँग नेपाल च्यानल पार्टनर ट्रेनिङ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सो कार्यक्रममा एमडी र काउन्सेलर सहभागी थिए ।

अष्ट्रेलिया जाने विद्यार्थीले विभिन्न प्रावधान बुझ्नु आवश्यक रहेकाले उनिहरुलाई शैक्षिक परामर्शसँगै विभिन्न प्रावधानका वारेमा जानकारी गराउनु आवश्यक रहेकाले कार्यक्रम गरिएको बताइएको छ ।

अध्ययनका लागि नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थी विभिन्न कारणले अलमलमा परेर समस्या उत्पन्न हुने भएकाले प्रावधानहरुबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थापक चन्द्र योञ्जनले बताए ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस संस्थाको अष्ट्रेलियाको मेलवर्न र होबार्टमा अत्याधुनिक तथा सुविधा सम्पन्न भौतिक संरचना छन् । संस्थाले अध्ययन गराउदै आइरहेको विभिन्न २६ विषय मध्य साइवर सेक्युरिटी, सूचना प्रविधी, नर्सिङ, बिजनेश एण्ड म्यानेजमेन्ट विद्यार्थीको आकर्षण देखिएको बताइएको छ ।

संस्थामा नेपालका मात्र नभई चीन, जापान, भियतनाम तथा विभिन्न अफ्रिकी देशका विद्यार्थी अध्ययनरत रहेको प्रवन्धक रवि योञ्जनले बताए । कार्यक्रम जानकारीमुलक तथा फलदायी भएको आरजीआइटीका नेपाल सेल्स एण्ड माकेटिङ अफिसर सागरबाबु गिरीले जानकारी दिए ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षतमा कार्यक्रम भएको हो । यस्ता कार्यक्रमले विद्यार्थीले धेरै कुरा बुझ्ने र सहज हुने पाण्डेले बताए । कार्यक्रममा फ्रि एजुकेसन कन्सल्टेन्सिज अर्गनाइजेसन नेपाल (फेकन)का सचिव उमेश कुसवाह, एसोसिएसन अफ तामाङ कन्सल्ट्यान्ट नेपालका अध्यक्ष केडी मोक्तान लगायतले बोलेका थिए ।

अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया (युआइए) ले विभिन्न व्यावसायीक बिषय अध्यापन गराउदै आएको छ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...