आरजीआइटी अष्ट्रेलिया र युआइएद्वारा नेपालका पार्टनरहरुसँग छलफल

काठमाडौं । अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरि रोयल ग्रिनहिल इन्टिच्युट अफ टेक्नोलोजी (आरजीआइटी) र अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया (युआइए)को आयोजनामा नेपालमा रहेका आफ्ना पार्टनरहरुसँग नेपाल च्यानल पार्टनर ट्रेनिङ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सो कार्यक्रममा एमडी र काउन्सेलर सहभागी थिए ।

अष्ट्रेलिया जाने विद्यार्थीले विभिन्न प्रावधान बुझ्नु आवश्यक रहेकाले उनिहरुलाई शैक्षिक परामर्शसँगै विभिन्न प्रावधानका वारेमा जानकारी गराउनु आवश्यक रहेकाले कार्यक्रम गरिएको बताइएको छ ।

अध्ययनका लागि नेपालबाट अष्ट्रेलिया जाने विद्यार्थी विभिन्न कारणले अलमलमा परेर समस्या उत्पन्न हुने भएकाले प्रावधानहरुबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थापक चन्द्र योञ्जनले बताए ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस संस्थाको अष्ट्रेलियाको मेलवर्न र होबार्टमा अत्याधुनिक तथा सुविधा सम्पन्न भौतिक संरचना छन् । संस्थाले अध्ययन गराउदै आइरहेको विभिन्न २६ विषय मध्य साइवर सेक्युरिटी, सूचना प्रविधी, नर्सिङ, बिजनेश एण्ड म्यानेजमेन्ट विद्यार्थीको आकर्षण देखिएको बताइएको छ ।

संस्थामा नेपालका मात्र नभई चीन, जापान, भियतनाम तथा विभिन्न अफ्रिकी देशका विद्यार्थी अध्ययनरत रहेको प्रवन्धक रवि योञ्जनले बताए । कार्यक्रम जानकारीमुलक तथा फलदायी भएको आरजीआइटीका नेपाल सेल्स एण्ड माकेटिङ अफिसर सागरबाबु गिरीले जानकारी दिए ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षतमा कार्यक्रम भएको हो । यस्ता कार्यक्रमले विद्यार्थीले धेरै कुरा बुझ्ने र सहज हुने पाण्डेले बताए । कार्यक्रममा फ्रि एजुकेसन कन्सल्टेन्सिज अर्गनाइजेसन नेपाल (फेकन)का सचिव उमेश कुसवाह, एसोसिएसन अफ तामाङ कन्सल्ट्यान्ट नेपालका अध्यक्ष केडी मोक्तान लगायतले बोलेका थिए ।

अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया (युआइए) ले विभिन्न व्यावसायीक बिषय अध्यापन गराउदै आएको छ ।

You might also like
Comments
Loading...