मुख्य समाचार

पूर्वप्रधानमन्त्री खनाल पत्नी चित्रकारको स्वास्थ्य सुधारोन्मुख

कीर्तिपुर। जेनजी प्रदर्शनका क्रममा घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी, रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

चित्रकारको उपचार कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा भइरहेको छ। जलन उपचार विशेषज्ञ डा. कीरण नकर्मीले जानकारी दिँदै भन्नुभयो, ‘अस्पतालमा ल्याउँदा जस्तो अवस्था छैन, सुधार देखिएको छ। हामीले हरेक सम्भव प्रयास गरिरहेका छौँ। आज देब्रे हातको शल्यक्रिया गरिने छ र त्यसपछिका उपचार प्रक्रियाहरु अघि बढाइनेछन्।’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले पनि जानकारी दिनुभयो कि चिकित्सकहरूले चित्रकारको फोक्सो र देब्रे हातमा ध्यान केन्द्रित गर्दै उपचार गरिरहेका छन्। आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास भरिएको र देब्रे हातमा गम्भीर जलन भएको बताइएको छ।

पूर्वप्रधानमन्त्री खनालले फोक्सोमा हानिकारक ग्यास भएकाले शल्यक्रियाअघि सामान्य ‘एनेस्थेसिया’ विधि प्रयोग गर्न नपाएको र यसले उपचारमा चुनौती सिर्जना गरेको जानकारी दिनुभयो।
उनले लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढंगले आगलागीमा पारिएको र केही स्वदेशी तथा विदेशी सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकोमा दुःख व्यक्त गर्नुभयो। खनालले भन्नुभयो, “यस किसिमका आपराधिक र अमानवीय घटनाको कडा निन्दा र भत्र्सना गर्दछु। उक्त घटनामा संलग्न पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु।”

उहाँले आफ्नो घरमा तोडफोड, आगो लगाउने र लुटपाट गर्नेहरुको प्रमाण फेला पर्न थालेको र ती प्रमाण छिट्टै सार्वजनिक गरिने जानकारी पनि दिनुभयो।

 

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...