जेन जी आन्दोलनमा दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे
काठमाडौं। काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताउनुभएको छ ।
महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो ।
बिहीबार बाघदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताउनुभयो।
राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पार्नुभयो । नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उहाँको भनाइ छ।
भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उहाँको भनाइ छ । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको स्पष्टोक्ति छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




