विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक कुरा हो : हिक्मत कार्की
विराटनगर। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताउनुभएको छ ।
नेकपा एमाले विराटनगर महानगर कमिटीले बिहिबार विराटनगरमा आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै कार्कीले २४ गतेको आन्दोलन जेनजेडको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन भएको टिप्पणी गर्नुभयो ।
उहाँले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्नुभयो। जेनजेडको भ्रष्टाचारविरुद्ध मागलाई एमाले पनि निरन्तर उठाईरहेको बताउनुभयो ।
“पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्कीले एमाले सरकारमा रहदा विकासका काम भएको बताउनुभयो । कार्कीले प्राकृतिक सम्पदामाथि आक्रमण भइरहेको भन्दै उहाँले स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने बताउनुभयो । संविधान मास्ने प्रयासले देशलाई अस्थिर बनाउने खतरा बढेको बताउँदै उहाँले यसलाई जोगाउन लाग्नुपर्ने समेत बताउनुभयो ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरिको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गिरिले युवापुस्ताको मागलाई सम्बोधन गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै नेतृत्वले समय सापेक्ष सच्चिनुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले पार्टीभित्रको संगठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेलामा सहभागिहरुले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति देखिएको बताउँदै कसैले पनि गल्ती स्वीकार नगरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेत लगायतले बोलेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...




