कांग्रेसले संसद्लाई बन्धक बनाई स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद्लाई बन्धक बनाई स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्याएको आरोप लगाएका छन् ।
नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सन्दर्भमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले यस्तो आरोप लगाएका हुन् ।
संसद् विघटनपछि सर्वोच्च अदालतले पुनस्स्थापना गरी नयाँ सरकार गठनका सन्दर्भमा दिएको आदेशप्रति लक्षित गर्दै ओलीले भने, ‘संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो । काँग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो ।’
त्यस्तै ओलीले नेपाली कांग्रेसको षडयन्त्रले चरम उत्कर्ष रुपलिएको बताएका छन् । साथै कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देश हितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गरेको ओलीले आरोप समेत लगाए ।
ओलीले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि एमाले स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उल्लेख गरे ।
त्बनक स् केपी शर्मा ओली नेकपा एमाले
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




