गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता
गुल्मी। रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई मासिक तलब बराबरको प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ।
दुर्गम तथा साना जिल्लामा चिकित्सक आउन रुचि नदेखाउने र लामो समय टिक्न नसक्ने समस्या समाधानका लागि दुई वर्षदेखि नगरपालिकाले यो कार्यक्रम सुरु गरेको हो। यसअघि एक जना विशेषज्ञ चिकित्सकलाई मात्र दिइँदै आएको भत्ता कार्यक्रमलाई विस्तार गरी यस वर्षदेखि थप ६ जना विशेषज्ञ चिकित्सकलाई पनि उपलब्ध गराइएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो।
उनका अनुसार प्रोत्साहन भत्ता सरकारको तलब सुविधा बराबरको रकमका रूपमा दिइँदै आएको छ, जसले चिकित्सकलाई लामो समय जिल्लामै टिक्न र गुणस्तरीय सेवा दिन प्रेरित गर्ने विश्वास लिइएको छ। यसका लागि रेसुङ्गा नगरपालिका र गुल्मी अस्पतालबीच सम्झौता समेत भएको छ।
हाल प्रोत्साहन भत्ता पाउने चिकित्सकहरूमा आन्तरिक चिकित्सा विशेषज्ञ डा. विभव बस्याल र डा. सुरेन्द्र क्षेत्री, बालरोग विशेषज्ञ डा. प्रज्ञा शाक्य, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सोफिया थापा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदीप शिवाकोटी र सामान्य तथा आकस्मिक चिकित्सा विशेषज्ञ डा. अर्जुन केसी रहेका छन्। नगरपालिकाले यस कार्यक्रमका लागि वार्षिक करिब रु. ४० लाख खर्च गर्ने भएको छ।
यसअघि जिल्लामा विशेषज्ञ सेवा उपलब्ध नहुँदा बिरामीहरूलाई पाल्पा वा बुटवल पुग्नुपर्ने बाध्यता थियो। तर अहिले तम्घासमै विशेषज्ञ सेवा सुरु भएपछि बिरामीलाई राहत मिलेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए।
गुल्मी अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोपालप्रसाद पाण्डेका अनुसार, नगरपालिकाले ‘गुल्मी अस्पताल, हाम्रो अस्पताल’ भन्ने नारासहित स्वास्थ्य सेवा सबल बनाउन निरन्तर सहयोग गर्दै आएको छ। यसअन्तर्गत मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण, हाडजोर्नी विशेषज्ञ सेवामा सहजता, दम तथा निमोनियाका बिरामीलाई अक्सिजन कन्सन्ट्रेटर वितरण, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया र ग्रामीण अल्ट्रासाउण्डजस्ता सेवा पनि सञ्चालनमा छन्।
हाल गुल्मी अस्पतालमा दैनिक औसत ३०० बिरामी उपचारका लागि आउने गरेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




