मुख्य समाचार

अन्तरिम सरकारमा ‘जेन जी’को प्रतिनिधित्व  कहिले?

काठमाडौं। जेन जी आन्दोलनको जगमा संसदबाट निर्वाचित सरकार हटेर पूर्व प्रधानन्यायधीस सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार बनेको छ। सो सरकार बनेसँगै संसद विघटन भएर फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचन समेत तोकिएको छ।

तर, जुन जगमा सरकारका बन्यो सोही पुस्ताको हालसम्म सरकारमा प्रतिनिधित्व किन भएन भनेर चौतर्फी चासो बढेको देखिन्छ। स्रोतका अनुसार जेनजी उमेर समुहबाट पनि केही मन्त्री बनाउने गरी छलफल चलिरहे पनि ठोन निष्कर्समा पुग्न सकेको छैन।

आन्दोलनमा सक्रिय रहनुभएकी  जेन जी अमृता बानुले खबर सेवा सँग गरेको कुराकानीमा गर्दै भन्नुभयो, ‘जेन जी आन्दोलन कुनै पद प्राप्तिका लागि भएको होइन। यो त देशमा भएको भ्रष्ट्राचारविरुद्धको आवाज हो। हाम्रो चाहना योग्य र सक्षम व्यक्तिले देशको नेतृत्व लिनुपर्छ भन्नेमा मात्र  हो।‘

उहाँले जेन जीले गरेको आन्दोलन भएकाले सो उमेर समुहको पनि सरकारमा सहभागिता हुनुपर्छ भन्ने चासो स्वभाविक भएको भन्दै भन्नुभयो, ‘यदि सरकारले जेन जी पुस्तालाई मन्त्री बनाउन चाहयो भने त्यसका लागि उमेर मात्र होइन, उसको क्षमता, दृष्टिकोण, मिसन, भिजन र देशको अवस्थालाई बुझ्ने क्षमताका आधारमा छनोट हुनुपर्छ। कानुन अनुसार कम्तिमा २५ वर्ष पुगेको साथीहरु त्यहाँ जान सक्नुहुन्छ।‘

कुराकानीको क्रममा उहाँले जेन जी आन्दोलनले देशमा भएको व्यापक भ्रष्ट्राचारको अन्त्य तथा भण्डाफोर, आर्थिक अनियमितता र सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धविरुद्ध भएको बताउनुभयो।

भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको ज्यान गइसकेको छ भने थुप्रै सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट समेत भएको थियो।

जेन जी पुस्ताले आन्दोलनलाई शान्तिपूर्ण बनाउन खोजिए पनि सरकारको दमन र अन्य विभिन्न कारणले हिंसात्मक र अराजक बनेको जेनजीका प्रतिनिधिहरुले नै स्विकार गरेका छन्।बानुले पनि आफूहरुको आन्दोलन संविधान पक्षमा र सबै हिंसाको बिरुद्धमा भएको स्पष्ट पार्नुभयो।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...