धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद
काठमाडौँ। सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं। ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बूको कमाण्डमा खटिएको २७ जनाको टोलीले शुक्रवार सो गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अशोक बमले जानकारी दिनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




