यी स्थानमा छ आज बाढीको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहीबार सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, कास्की र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, खोटाङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, म्याग्दी, बाग्लुङ, चितवन, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ, पर्वत, दाङ, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...
ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...




