प्रदेश

भोजपुरमा रेविजविरुद्ध खोप अभियान सञ्चालन

भोजपुर। जिल्लामा रेविज रोग नियन्त्रण र रोकथामका लागि खोप अभियान सुरु गरिएको छ। प्राणघातक रेविज रोग निन्यन्त्रणका उद्देश्यले साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो।

भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालका अनुसार गाउँघरमा रहेका कुकुर र बिरालोलाई निःशुल्क खोप लगाउने काम भइरहेको छ।
“रेविज रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ,” दाहालले भन्नुभयो, “यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई खोप लगाइन्छ।”

असोज ६ गतेदेखि सुरु भएको अभियान आगामी १२ गतेसम्म सञ्चालन हुनेछ। अहिले दैनिक १५ देखि २० वटा कुकुर तथा बिरालोलाई खोप लगाउन स्थानीयले ल्याउने गरेका छन्।
कार्यालयका अनुसार रेविज रोग उन्मूलनका लागि वर्षेनी खोप अभियान सञ्चालन हुँदै आएको छ।

सम्बन्धित समाचार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...