मुख्य समाचार

एमाले केन्द्रीय कार्यालय मर्मत गरेर बस्न सकिने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न सकिने निष्कर्ष आएको छ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको उक्त भवनबारे इञ्जिनियर टोलीले अध्ययन प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनअनुसार भवन प्रवलीकरण (बलियो बनाउने) गरेर प्रयोग गर्न सकिने अवस्था देखिएको एमाले केन्द्रीय सदस्य तथा पार्टीको निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो।

आचार्यका अनुसार, पार्टीले आगजनी र तोडफोडपछि कार्यालय भवनमा बस्न मिल्ने वा नमिल्ने भन्नेबारे इञ्जिनियरलाई अध्ययन गर्न लगाएको थियो। प्रतिवेदनले सात वटा कोठा ‘रेक्ट्रोफिट गरेर प्रयोग गर्न सकिने निष्कर्ष दिएको छ भने एउटा छत भने काम नलाग्ने भएकाले पुनःनिर्माण गर्नुपर्ने सुझाव दिएको छ।

“इञ्जिनियरहरुको प्रतिवेदनमा प्रवलीकरण गरेर कार्यालयको भवनमा बस्न मिल्ने देखिएको छ,” आचार्यले भन्नुभयो, “बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा पनि यो विषयमा छलफल भएको छ। अब पार्टी कार्यालय त्यहीँ बस्ने कि अन्यत्र सार्ने भन्नेबारे चाँडै निर्णय लिइनेछ।”

आचार्यले आगजनी र तोडफोडका कारण केन्द्रीय कार्यालयका सबै सामान जलेर नष्ट भएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार, एमालेले चाँडै नै भवन प्रवलीकरणको काम सुरु गर्ने तयारी गरेको छ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा एमालेका च्यासलस्थित केन्द्रीय कार्यालयसहित देशभर ६४ वटा पार्टी कार्यालयमा तोडफोड भएको थियो। त्यस्तै, १५८ भन्दा बढी नेताकार्यकर्ताका निजी घर तथा व्यवसायसमेत क्षतिग्रस्त भएको एमालेले जनाएको छ।

सम्बन्धित समाचार

फरार कैदी नियन्त्रणमा

फरार कैदी नियन्त्रणमा

सप्तरी। सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३(२४ गते...

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...