मुख्य समाचार

माओवादी नेताहरुले भने: पार्टी रुपान्तरण हुनुपर्छ, नत्र समाप्त हुन्छ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन् । बिहीवारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रिय कमिटीको बैठकका क्रममा प्रज्ञा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेताहरुले यस्तो बताएका हुन्।
उनीहरुले पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नभएको बताए । भ्रष्टीकरणको कारणले राजनीतिक दलहरुप्रति जनताले विश्वास नगरेको जिकिर गरे । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने बताउनु भयो ।
उहाँले प्रतिवद्धता गरेका कुराहरु व्यवहारतः लागू हुनुपर्ने बताउनु भयो । जेन जी आन्दोलनले सबै पार्टीलाई विघटन गरेको भन्दै रुपान्तरणको विकल्प नरहेको बताउनु भयो । समाप्त हुने की रुपान्तरण गर्ने भन्ने भन्दा अर्को मार्ग नरहेको बताउनु भयो । जनतालाई अनुभुति हुनेगरी रुपान्तरित भएको महशुस गराउने गरी अघि बढ्नुपर्ने बताउनु भयो । भ्रष्टाचारीहरुलाई यथासक्य कारबाही गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गर्नुपर्ने बताउनु भयो ।

अर्का माओवादी केन्द्रका नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरुले विशेष महाधिवेशनको कुरा समय सान्दर्भिक रहेको उल्लेख गर्नुभएको जानकारी दिनुभयो । पार्टीमा जटिलता र कमजोरीहरु रहेको र रुपान्तरणको तयारी गर्नुपर्ने माग उठेको बताउनु भयो । पदाधिकारीहरुले आफ्नो जिम्मेवारीअनुसार जस-अपजस लिनुपर्ने प्रश्ताव आएको बताउनुभयो ।

अर्का नेता राम कार्कीले पार्टी नयाँ बनाउनका लागि कुनैपनि पुरानो चिजलाई आंशिक र आवधिक रुपमा भत्काउनुपर्ने बताउनु भयो । अहिलेको पार्टीको संरचनामा आंशिक र आवधिक रुपान्तरण जरुरी रहेको बताउनु भयो । मजदुर किसानको सम्बन्ध टाढिन दिन नहुने जिकिर गर्नुभयो । मतदाता र मत पाउने पार्टीको सम्बन्ध टुटिसकेपछि भ्याकुम उत्पन्न भएको बताउनु भयो ।

उहाँले जेन जी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदिएको बताउनु भयो । -न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

फरार कैदी नियन्त्रणमा

फरार कैदी नियन्त्रणमा

सप्तरी। सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३(२४ गते...

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...