प्रधानमन्त्री कार्कीद्वारा दसैँको टीका नलगाउने घोषणा
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष विजया दशमीको टीका नलगाउने घोषणा गर्नुभएको छ।
हालै, जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको पीडा ताजै रहेकाले यस वर्ष टीका नलगाउने र नागरिकलाई पनि टीका नलगाइदिने कार्कीको सचिवालयले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।
‘बडादशैं प्रत्येक वर्ष हसर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवा पुस्ताको आन्दोलनका क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ। तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडादशैंको टीका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ,’ कार्कीको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
उहाँले बडादशैंको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएको छ। दशैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन मद्दत गरोस् भन्ने उहाँको कामना छ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार युवा पुस्ताको अभूतपूर्व आन्दोलनको जगमा गठन भएको स्मरण गर्दै तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रतिबद्धता दोहोर्याएको विज्ञप्तिमा उल्लेख छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...
निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...




