राष्ट्रपति पौडेलदेखि हालमा प्रधानमन्त्री कार्कीले समेत प्रयोग गर्थे पूर्वपदाधिकारीको सुविधा
काठमाडौं। सरकारले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय गरेसंगै पूर्व पदाधिकारीले आफूले प्रयोग गर्दै आएका सवारी फिर्ता गर्न थाल्नुभएको छ।
सरकारको सो निर्णय गरे लगत्तै राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार बेलुका नै गाडी फिर्ता गर्नेभएको थियो।
यसअघि गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्र पठाएको सरकारले आइतबार संघीय संसद् सचिवालयलाई पत्र लेखेको थियो।
पत्रमा `प्रचलित कानुनमा उल्लेख भएका बमोजिम बाहेक सेवा सुविधा उपब्ध गराइएको भए त्यस्ता सावरी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न´ भनिएको छ ।
त्यसपछि सोमबार पूर्व सभामुख ओनसरी घर्ती र कृष्णबहादुर महराले पनि गाडी फिर्ता गरेका छन्।
यसअघिका सभामुख अग्निप्रसाद सापकोटा लगायत अन्य पूर्व सभामुखले भने गाडी फिर्ता गरेका छैनन्।
बाँकी पूर्वपदाधिकारी र कानुन विपरीत सुविधा लिएका व्यक्तिसँग पनि गाडी तथा अन्य सुविधा फिर्ताका लागि कुराकानी भइरहेको संसद सचिवालयले जनाएको छ।
क-कसले चढ्छन् सरकारी गाडी?
संघीय संसदको पूर्व सभामुखको रुपमा हालका राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति हुनुअघिसम्म संसदकै गाडी, इन्धन सुविधा लिँदै आएका थिए।
त्यसैगरी पूर्वसभामुख घर्ती, महरा, अग्नि सापकोटा लगायतले यो सुविधा प्रयोग गर्दै आएका थिए।
त्यसैगरी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशहरुले पनि कानुन विपरीत र मन्त्रिपरिषदबाट निर्णय नै नगराइ यो सुविधा प्रयोग गर्दै आएका थिए।
हालका अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले समेत सर्वोच्च अदालतको गाडी चढ्दै आउनुभएको थियो।
त्यसैगरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, केपी ओलीले पनि पूर्व पदाधिकारीका रुपमा सरकारी गाडी र सुविधा प्रयोग गरिरहेका छन्।
अघिल्लो सरकारले पूर्व राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतलाई कानुन बनाएरै के सुविधा दिने वा नदिने व्यवस्थित गर्न खोजेको थियो।
तर, सो कानुन निर्माण गरेर पूर्व पदाधिकारीलाई थप सुविधा दिन लगेको भन्दै चौतर्फी आलोचना भयो।
तर, यता कानुन नबनेको भन्दै मन्त्रिपरिषद् बाट निर्णय गराएर पू्र्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुखहरुले सो सुविधा लिँदै आएका थिए।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने भन्दै आफूले लिँदै आएको सुविधा फिर्ता गर्नुभएको थियो। अन्यले भने यो सुविधा प्रयोग गरिरहेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




