यी स्थानमा पर्छ भारी वर्षा
काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार दिउँसो र राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने देखिएको छ।
यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अनुसार हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...
परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल
काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु काठमाडौँ : बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...




