मुख्य समाचार

करेन्ट लागेर मृत्यु

सप्तरी– सप्तरीको कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा ७ स्थित मनिरको हार्डवेयर पसलमा काम गर्ने सोही ठाउँका २३ बर्षीय मो. राजाबुलको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार साँझ उहाँ बाटोको बायाँपट्टी रहेको अर्को पसलमा विद्युत तार तान्दै थिए । सोही क्रममा तारको डल्लो बनाई पोलमा फाल्दा सो तार ११ हजार मेगावाट उच्च क्षामताको भोल्टेज लाइनमा परेर करेन्ट लागेर घाइते भएका थिए।

गम्भीर घाइते भएका राजाबुललाई उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदा उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सम्बन्धित समाचार

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...