बाढी पहिरोका कारण अबरुद्ध छन् यी सडक
काठमाडौं । बाढी पहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरूपमा बन्द भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ-मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ । काभ्रेको बीपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।
रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।
ओखलढुङ्गाको सिद्धीचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल-हुमाने-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । कान्तिलोकपथ र कुलेखानी सिस्नेरी-दक्षिणकाली-काठमाडौं सडक बन्द छ । मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ ।
कोशी लोकमार्गअन्तर्गत साँघुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ ।
ताजा अपडेट
-
१.
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
-
२.
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
-
३.
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
-
४.
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
-
५.
कस्तो रहला आजको मौसम?
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...




