दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड
घोराही। सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढ्न थालेको छ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय, घोराहीका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी १ सय ३३ जना नयाँ मतदाता थपिएका छन्। यस्तै, १ सय ६३ जनाले अग्रिम फारम भरेर बायोमेट्रिक दर्ता गराउन बाँकी रहेको पनि उनले जानकारी दिए।
कुँवरका अनुसार पालिकास्तरमै मतदाता नामावली दर्ता बढाउन सकिए जिल्लामा उल्लेख्य संख्यामा नयाँ मतदाता थपिने अनुमान गरिएको छ।
२०७९ सालको निर्वाचनमा दाङमा ५४ हजार नयाँ मतदाता थपिएका थिए। सो वर्ष दाङ क्षेत्र नं. १ मा १ लाख ३४ हजार ७३३, क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७४८ र क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४७५ मतदाता रहेका थिए। यसरी जिल्लामा कूल ४ लाख १४ हजार ९५६ मतदाता दर्ता भएका थिए।
ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




