मुख्य समाचार

‘जेन जी आन्दोलनामा ३४ प्रतिशत फेक अकाउण्ट’

काठमाडौं। नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले देखाएको छ। उक्त अध्ययनअनुसार अनलाइन संवादमा कृत्रिम बौद्धिकता (AI) र नक्कली प्रोफाइलहरूको प्रयोग गरेर आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाइएको थियो।

इजरायलको तेलअभिभस्थित साइबर इन्टेलिजेन्स कम्पनी सायाब्रा (Cyabra) ले गरेको अनुसन्धानमा, नेपालमा भएको जेनजी आन्दोलनमा वास्तविक प्रयोगकर्तासँग नक्कली खाता मिसिएर आन्दोलनलाई भड्काउने प्रयास गरिएको उल्लेख छ।

सायाब्राको प्रतिवेदनअनुसार “जेनजी प्रोटेस्ट” र “वेकअप नेपाल” जस्ता ह्यासट्यागमार्फत आन्दोलनलाई चरम रूप दिने सामग्रीहरू नक्कली प्रयोगकर्ताबाट फैलाइएका थिए। अनुसन्धानले देखाएको छ कि आन्दोलनका लागि सामाजिक सञ्जालमा आह्वान गर्ने हरेक तीन खातामध्ये एक नक्कली रहेको थियो।

सायाब्रा सामाजिक सञ्जालमा नक्कली प्रोफाइल, समन्वित असक्कल व्यवहार र भ्रामक अभियान पत्ता लगाउने विश्वस्तरको कम्पनी हो। कम्पनीका अनुसार यी खाताहरूले हिंसात्मक र टकरावपूर्ण सामग्री बढावा दिएर एक्स (पूर्व ट्विटर), फेसबुक र टिकटकमा फैलाएका थिए।

जेनजी आन्दोलन तीन “#Nepokid” ह्यासट्यागबाट सुरु भएको थियो, जसले राजनीतिक नेताका सन्तानको विलासी जीवनशैलीविरुद्ध आवाज उठायो। त्यसपछि भदौ २३ गते ‘शान्तिपूर्ण’ प्रदर्शनको आह्वान गरिएको थियो।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २६ सामाजिक सञ्जाल एपमाथि प्रतिबन्ध लगाएपछि आन्दोलन अप्रत्याशित रूपमा ठूलो भयो। हजारौं युवाले भ्रष्टाचार र जवाफदेहिताको माग गर्दै सडकमा उत्रिएका थिए।

सायाब्राको दाबीअनुसार, नक्कली खाताबाट फैलाइएको भ्रामक सन्देश विश्वभर ३२ करोडभन्दा बढी सम्भावित दर्शकसम्म पुगेको थियो। प्रदर्शनमा हिंसा भड्किएपछि ७५ जनाको मृत्यु र दुई हजारभन्दा बढी घाइते भएको थियो। अन्ततः प्रधानमन्त्री ओलीले राजीनामा दिएका थि

अनुसन्धानले समन्वित नक्कली खाताले कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित भिजुअल (AI-generated visuals) प्रयोग गरेको, ह्यासट्यागहरू हाइज्याक गरी सक्कली प्रयोगकर्तासँग अन्तरक्रिया गरेर वैध देखाउने प्रयास गरेको देखाएको छ।

सायाब्राको अनुसार, यस्ता खाताहरूको उद्देश्य प्रदर्शनलाई अतिवादी रूपमा चित्रण गर्नु थियो।

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...