बागलुङमा १५ हजार हेक्टर जमिन बाँझो
बागलुङ। बागलुङका ग्रामीण क्षेत्रहरू बसाइँसराइ र युवा पलायनका कारण सुनसान बन्दै गएका छन्। यसले धान, गहुँ, मकै फल्ने खेतीयोग्य जमिन बाँझो हुने क्रम बढाएको छ। कतै सिउँडी पलाएका छन्, कतै बनमाराले ढाकिएका छन् भने घर पनि रुग्ण अवस्थामा छन्।
काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइले सहरतर्फ युवा शक्ति झरेको छ। बागलुङमा कुल एक लाख ७८ हजार ४०६ हेक्टर जमिनमध्ये ४६ हजार १४८ हेक्टर मात्र खेतीयोग्य रहेको छ। तर अहिले ३० हजार ५०३ हेक्टरमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिनुभयो।
अधिकारिक तथ्याङ्क अनुसार कूल खेतीयोग्य जमिनको १७ प्रतिशतमा मात्रै खेती भइरहेको छ। हाल १५ हजार ६४५ हेक्टर जमिन बाँझो छ। आगामी वर्ष यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
जैमिनी–४ की देवी शर्माले ८० प्रतिशत बारी झाडीमा परिणत भएको बताइन्। काठेखोला–८ का मेघराज कँडेलले पनि गाउँको आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको बताए।
ताजा अपडेट
-
१.
म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी
-
२.
स्पेनमा इन्धनको मूल्य वृद्धि
-
३.
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
-
४.
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
-
५.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




