मुख्य समाचार

यस वर्ष विपद्बाट ३ सय बढीको मृत्यु, ३३ बेपत्ता, ८ हजार बढी परिवार प्रभावित

काठमाडौं। २०८२ सालमा सरदर भन्दा बढी वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका थिए । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार वर्षा यामका अन्य महिना भन्दा असोज महिनमा अत्याधिक वर्षा भयो । देशभरका पाँच स्थानमा वर्षाले रेकर्ड ब्रेक गर्‍यो ।

इलामको इलाम गाउँ, इलामकै इलाम टिस्टेट, पर्साको वीरगञ्ज र रौतहटको गौरमा अति उच्च वर्षा भयो । जल तथा मौसम विज्ञान विभागकाअनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको हो । यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । तर यस वर्ष भने ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भयो । दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै धेरै वर्षा हुने स्थानको तेस्रो सूचिमा पर्साको वीरगञ्ज परेको छ । वीरगञ्जमा यस वर्ष २ सय ९४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यसअद्धि वीरगञ्जमा २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै इलामकै इलाम टिस्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको छ । यसअघि त्यहाँ २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । यि चार वटै स्थानमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड ब्रेक गरेको हो ।

८ हजार ५ सय ९५ परिवार प्रभावित

यस वर्षको वैशाख १ गतेदेखि असोज २० गतेसम्म विपद् सम्बन्धी ४ हजार १ सय ६४ वटा घटना भएका छन् । जसमा ३ सय ८ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । त्यस्तै घाईते १ हजार १ सय १३ जना रहेका छन् भने ८ हजार ५ सय ९५ परिवार प्रभावित भएका छन् ।

बाढीबाट ३१ जनाको गयो ज्यान

वैशाख १ गतदेखि असोज २० गतेसम्मको विपद्मा बाढीका ३ सय ७ वटा घटनामा ३१ जनाको मृत्यु भएको छ । त्यस्तै २३ जना बेपत्ता र १५ जना घाईते भएका छन् । बाढीबाट ३ हजार २ सय ९७ परिवार प्रभावित बनेका छन् ।

पहिरोका घटना ५ सय ३९ वटा

वैशाख १ गतदेखि असोज २० गतेसम्म पहिरोका घटना ५ सय ३९ रहेका छन् भने ६५ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता र ७७ जना घाईते भएका छन् भने ७ सय ५७ परिवार प्रभावित बनेका छन् ।

भारी वर्षाका ४०१ घटना

वैशाख १ गतदेखि असोज २० गतेसम्म भारी वर्षाका घटना ४०१ वटा रहेका छन् । जसबाट ७ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् । ९ सय ७८ परिवार प्रभावित बनेका छन् ।

चट्याङबाट ४५ जनाले ज्यान गुमाए

यस अवधिमा चट्याङबाट ४५ जनाले ज्यान गुमाएका छन् । ३ सय ४६ वटा घटनाबाट २ सय ५६ जना घाईते भएका छन् । त्यस्तै ४ सय २५ परिवार प्रभावित भएका छन् ।

सर्पदंशबाट ८७ जनाको मृत्यु

यस अवधिमा सर्पदंशका ४ सय ३९ वटा घटना भएका छन् । जसबाट ८७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ५६ जना घाईते भएका छन् भने ४ सय ४५ परिवार प्रभावित भएका छन् ।

आगलागीका १ हजार ३ सय ८७ घटना

२०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म आगलागीका १ हजार ३ सय ८७ घटना भएका छन् । जसबाट २४ जनाको ज्यान गएको छ भने १ सय ९१ जना घाईते भएका छन् । त्यस्तै १ हजार ५ सय १० परिवार प्रभावित बनेका छन् ।

डढेलोका १ सय ५८ घटना

यस अवधिमा वनडढेलोका १ सय ५८ वटा घटना भएका छन् । जसबाट २ जना घाईते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् ।

हावाहुरीका कारण ८ जनाले ज्यान गुमाए

सरकारकाअनुसार यस अवधिमा हावाहुरीबाट ज्यान गुमाउनेहरुको संख्या आठ रहेको छ । २ सय ८५ घटनामा ४४ जना घाईते भएका छन् । त्यस्तै ५ सय ४२ परिवार प्रभावित बनेका छन् ।

जनावर आक्रमणबाट २२ जनाको मृत्यु

यस अवधिमा जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या २२ रहेको छ । २ सय ३८ जनावर आक्रमणका घटनामा १ जना बेपत्ता र १ सय ८ जना घाईते भएका छन् । जनावर आक्रमणको घटनाबाट ३ सय ९५ परिवार प्रभावित छ ।

लेक लागेर १९ जनाको मृत्यु

२०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म लेक लागेर १९ जनाको मृत्यु भएको छ । ६१ वटा घटनामा ४५ जना घाईते भएका छन् । लेक लागेर प्रभावित हुने परिवारको संख्या ५९ रहेको छ । ढुंगा पल्टिएर प्रभावित हुने परिवारको संख्या ५ रहेको छ भने २ वटा घटना भएका छन् । १ जना घाईते भएका छन् । त्यस्तै महामारीको घटना एउटा मात्रै छ । महामारीबाट १ सय ५५ परिवार प्रभावित छ ।

असोज १९ गते विपद्जन्य घटनाबाट ५३ जिल्ला प्रभावित

असोज १९ गते बिहान १० बजेदेखि २० गते बिहान १० बजेसम्म मात्रै बाढीबाट १५ जिल्ला प्रभावित बनेका छन् । ३९ वटा घटनामा एक जना बेपत्ता छन् भने ५ सय ५७ जनाको उद्धार भएको छ । ३ सय ७८ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै पहिरोबट १२ वटा जिल्ला प्रभावित भए । २१ वटा घटनामा १ जनाको मृत्यु भयो भने ३ जना घाईते भए । ३ सय १४ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै अविरल वर्षाबाट ५ जिल्ला प्रभावित थिए । ८ वटा घटनामा १ जनाको मृत्यु भयो भने १ घाईते र २१ जनाको उद्धार गरिएको छ । यस अवधिमा ५३ जिल्ला प्रभावित बने भने ९४ वटा घटनामा ४ जनाको मृत्यु भयो । त्यस्तै १ जना बेपत्ता भए भने १७ जना घाईते भएका छन् । यस अवधिमा ५ सय ७८ जनाको उद्धार गरिएको र ९ सय जना प्रहरी परिचालन भएको छ । यस अवधिमा १९ वटा पशुचौपायाको क्षति भएको छ भने १८ वटा सडक अवरोध र ६१ लाख ४३ हजार ५ सय अनुमानित क्षति भएको छ ।

सम्बन्धित समाचार

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...