प्रदेश

कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन

विराटनगर। विराटनगरस्थित कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा आएको छ। भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो क्लिनिक सुरु गरिएको हो।

संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले क्लिनिक सञ्चालनमा ल्याएको हो। अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुणा झाका अनुसार, जेनजी क्लिनिकले घाइतेहरूलाई समन्वित र छिटो उपचार सेवा उपलब्ध गराउनेछ।

“यो हाम्रो नियमित अस्पताल सेवामा जोडिएको समन्वयात्मक प्रणाली हो, जसले जेनजी आन्दोलनका घाइतेहरूलाई सम्मानका साथ शीघ्र उपचार दिलाउन सहयोग पुर्‍याउनेछ,” डा. झाले भनिन्।

अस्पतालले क्लिनिक सञ्चालनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा अर्थोपेडिक विभाग प्रमुख डा. महेन्द्रप्रसाद महतो रहेका छन्। अन्य सदस्यमा मेडिसिन विभाग प्रमुख डा. सुनिलबाबु खनाल, सर्जिकल विभागका डा. क्षितिज गिरी, ओपिडी इञ्चार्ज नविता शर्मा र सिअहेव अधिकृत कामेश्वर परिहस्त (सम्पर्क व्यक्ति तथा सदस्य सचिव) रहेका छन्।

समितिले अस्पतालका विभिन्न विभागसँग मिलेर घाइते बिरामीहरूको समन्वय, व्यवस्थापन र उपचार प्रक्रिया छरितो बनाउने योजना तयार पार्नेछ। स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार देशभरका प्रमुख अस्पतालहरूमा पनि यस्तै ‘जेनजी क्लिनिक’ सञ्चालन हुने भएको छ। 

सम्बन्धित समाचार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...