चुनावको कार्यतालिका बारे दलहरूसँग संवाद नगरेकोमा रास्वपाको असन्तुष्टि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको कार्यतालिका निकाल्नुपूर्व निर्वाचन आयोगले दलहरूसँग छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्को छ।
बुधबार बसेको पार्टी सचिवालय बैठकमा यसबारे छलफल भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपा सचिवालय बैठक शुक्रबार पनि बस्दैछ। त्यो बैठकमा यसबारे ठोस धारणा आउने पनि उनले बताए।
सरकारले दलहरूसँग संवाद, छलफल गरेर निर्वाचन कार्यतालिका अघि बढाउँदा चुनावको माहौल बन्ने पनि उनले बताए।
निर्वाचन आयोगले असोज २९ गते हाल दर्तामा रहेका दलसँग छलफल गर्ने भन्दै पत्रचार गरेको छ।
ताजा अपडेट
-
१.
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
-
२.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
३.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
४.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
५.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...




