काठमाडौंमा एमालेले आज चुनावी सभा गर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने

स्थानीय चुनावको प्रचार प्रसारको लागि नेकपा एमालेले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीले स्थानीय चुनावका लागि अन्तिम सभा मंगलबार काठमाडौंमा गर्न लागिएको जानकारी दिएको छ ।

आज हुँने चुनावी सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंगलबार मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले एमालेले काठमाडौंमा चुनावी सभा गरेरर चुनावी प्रचारको बन्द गर्न लागेको हो ।

एमालेले आमसभा अगाडि वडा-वडादेखि जुलुस ल्याउने तयारी रहेको जनाएको छ ।

You might also like
Comments
Loading...