माधव नेपालसहितका समाजवादीका नेताहरुलाई ओलीको आह्वानः चौतारी खोज्न नजानुस्, तपाईंले बनाएकै पार्टीमा आउनुस्
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरुलार्य एमालेमै फर्किन आह्वान गर्नुभएको छ ।
बुधवारबाट ललितपुरमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले जानु परेको भएपनि अब फर्किने बेला भएको बताउनु भयो । सबै मिलेर नेकपा एमाले पार्टी निर्माण गरेको भन्दै अध्यक्ष ओलीले पार्टी निर्माणमा गरेको योगदान स्मरण गरेर मूल घरमा फर्किन आग्रह गर्नुभयो । समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बसिरहेको भन्दै आफैँले बनाएको पार्टी हुँदाहुँदै आश्रय खोज्दै नहिँड्न आग्रह गर्नुभयो ।
एमाले फुटाएर बनेको नेकपा ९एकीकृत समाजवादी० ले नेकपा माओवादी केन्द्र सँग पार्टी एकता गर्ने समाचार आइरहेका छन् । माओवादी नेताहरुले यसबारे पदाधिकारी बैठकबाटै निर्णय गरेर पार्टी एकताको प्रयास जारी रहेको बताइसेका छन् । कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्नु क्षणिक हुने टिप्पणी गर्नुभयो । अहिले पनि एमाले साढे ६ लाख सदस्य, २३ वटा महासंघ भएको पार्टी रहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हिजो घर छोडेर अन्यत्र जानुभएको थियो, घर फर्किनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु । हिजो उहाँहरु समेत भएर पनि हामीले यो पाटी निर्माण गरेका हौँ । उहाँहरुको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ । विभिन्न कारणले जानुभयो होला, कुनै समय कतै त्यसैमा नअल्झिनुस् । आज समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बस्दैछन् । म कार्यकर्ता साथीलाई भन्न चाहन्छु, तपाईं आफैँले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्दै नजानुस् । कुनै चौतारी खोज्न नजानुस्, कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजानुस् । यो मजबुत भएको छ, यसलाई कसैले पनि डग्मगाउन सक्दैन । अहिले पनि साढे ६ लाख सदस्य भएको पार्टी हो । २३ वटा महासंघ भएको पार्टी हो ।’
अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ एकता हुनुपर्ने बताउनु भयो । अफ्ठ्यारो र असहज परिस्थितिमा सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




