एमाले बैठक बस्दै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । तेस्रो दिन आज पनि बिहान ८ बजेबाट बैठक सुरु हुने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राख्नुभयो । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभयो।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ। पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




