‘इ–क्याब नेपाल’मा आकर्षण बढ्दै, ट्याक्सी बुकिङको सजिलो अनलाइन प्लेटफर्म

काठमाडौं । अनलाइनबाटै ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’मा आकर्षण बढेको छ । गत माघ ९ गतेबाट सेवा प्रदान गर्न सुरु गरेको इ–क्याब नेपालमा हालसम्म करिब ३ हजार वटा ट्याक्सी आबद्ध भइसेका छन् ।

नेपालमा इ–क्याब नेपाल प्रभावकारी बन्दै गइरहेको प्रवन्धक दिकेश प्रधानले जानकारी दिए । ट्याक्सी बुकिङलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन इ–क्याब नेपालको सुरुवात भएको थियो । ‘लक्ष्य अनुसार सेवा प्रदान गर्न सफल भएका छौं,’ उनले भने, ‘यात्रुलाई सहज तरिकाबाट ट्याक्सी बुकिङ गर्न यो प्लेटफर्म प्रभावकारी बनेको छ ।’

काठमाडौंबाट शुभारम्भ गरिएको यो सेवालाई नेपालका मुख्य शहरहरुमा तथा विदेशमा पनि विस्तार गरिने कम्पनीलेको लक्ष्य छ ।
बेलायतमा बस्दै आएका नेपाली युवा उद्यमीहरु दीपक श्रेष्ठ, सन्तोष मण्डल, सजनी लामा र रबट विश्वकर्माको लगानी तथा पहलमा इ–क्याबको सेवा सुरु भएको हो । विश्वस्तरीय सेवा सुविधा तथा आधुनिक प्रविधिको प्रयोगसँगै इ–क्याब नेपालको सेवा सुरु भएको लगानीकर्ताहरुको भनाइ छ ।
‘अनलाइनटबाट ट्याक्सी बुकिङ गर्न सकिने गरी इ–क्याब नेपालको सेवा शुभारम्भ गरेका हौं,’ प्रवन्ध निर्देशक सन्तोष मण्डलले भने, ‘नेपाली यात्रु र विदेशबाट नेपाल आउने पर्यटकहरु यो सेवाबाट लाभान्वित भएका छन् ।’ नेपालबाट सुरुवात भएको यो सेवालाई आगामी दिनमा अन्य देशमा पनि विस्तार गर्ने योजना रहेको मण्डलले जानकारी दिए ।

इक्याब नेपालले विभिन्न स्किमसहित बजार विस्तार अभियानलाई तिब्र बनाएको प्रवन्धक प्रधानले बताए । ‘यात्रु र इक्याब नेपालमा आबद्ध चालकहरुलाई लक्षित गरी थप लाभदायिक स्किमहरु ल्याउने तयारीमा हामी छौं,’ उनले भने ।

You might also like
Comments
Loading...