हाम्रो सामाजिक सद्भावलाई बचाइ राखौँ: सुमना श्रेष्ठ
काठमाडौं। पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले हाल सामाजिक सञ्जालमा फैलिइरहेको विभेदपूर्ण सोच, नागरिकता प्रश्न, र एजेन्टको हल्ला प्रवृत्तिप्रति तीव्र असन्तुष्टि जनाएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत नेपाली समाजमा फैलिँदै गएको अविश्वास र परदेशिएका नेपालीमाथि उठाइने शंका प्रवृत्तिलाई ‘सामाजिक सद्भावका लागि गम्भीर खतरा’ भन्दै सचेत रहन आग्रह गरेकी हुन्।
श्रेष्ठले लेखेकी छन्, “खाँटी राष्ट्रवादी राजा महेन्द्रको नाम बोकेको महेन्द्रमालामा पढेको ‘विविधतामा एकता’। राम्रो सुनिनलाई मात्र रहेछ। व्यवहारमा त आँखा चिम्सो देखिन्छ — तिब्बती शरणार्थी, छाला कालो देख्दा बिहारी, अनि उनीहरूको नागरिकता नक्कली भन्दै पैसा खुवाएर निकालेको भन्न थालिन्छ।”
उनले हाल विभिन्न समुदायका मानिसहरूलाई जात, छाला, वा विदेश अध्ययनका आधारमा नागरिकताको शंकाको घेरामा पार्ने प्रवृत्तिलाई ‘अस्वस्थ सोच’ बताएकी छन्। श्रेष्ठको भनाइमा, “विदेशमा पढेका वा बसेका सबैलाई एजेन्ट र दलालको रुपमा चित्रण गर्नु राष्ट्रप्रति नै अविश्वास हो।”
“राजा विरेन्द्र पनि इटनमा पढेका थिए, त्यसो भए उनी पनि बेलायती एजेन्ट? विदेशमा पढेका मात्रले देश बेच्दैनन्,” उनले प्रश्न गर्दै भनिन्, “त्यस्तो सोचले देशभित्रको एकता र विश्वसनीयता दुवै कमजोर पार्छ|श्रेष्ठले नेपाली समाजमा हल्ला र आरोपका संस्कृतिले बढ्दो ध्रुवीकरण ल्याइरहेको उल्लेख गर्दै लेखेकी छन्,“जो पनि एजेन्ट, जो पनि दलाल, जहाँ पनि षड्यन्त्र। अनि हामी पत्याइ दिने पनि। भूपिले यो हल्लै हल्लाको देश तेसै भनेका हैन रहेछन्।”
उनले आग्रह गर्दै थपेकी छन्, “कसैले केही भन्यो भनेर भटाभट शेयर नगर्ने बानी बसालौँ। पहिले को बोल्दैछ, किन बोल्दैछ भन्ने बुझौँ। हामीले गर्व गर्न लायकको सामाजिक सद्भावलाई बचाइ राखौँ।”
श्रेष्ठको यो टिप्पणी पछिल्लो समय नागरिकता, विदेश पढेका युवाहरू, र बहुसांस्कृतिक पहिचानका विषयमा फैलिएको सामाजिक तनावलाई सम्बोधन गर्ने उद्देश्यले आएको मानिएको छ। उनका विचारहरूले सामाजिक माध्यममा पनि ठूलो बहस उत्पन्न गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




