मुख्य समाचार

अन्तरिम सरकारलाई नेविसंघको अनुरोध : नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन र उपकरण उपलब्ध गरियोस्

काठमाडौं। जेनजी आन्दोलन (विद्रोह) पश्चात् देशभर सुरक्षाको संवेदनशील अवस्था सिर्जना भइरहेका बेला नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल प्रहरीलाई आवश्यक श्रोत, साधन र उपकरण उपलब्ध गराउन सरकारलाई खबरदारी गरेको छ।

नेविसंघले अपराध नियन्त्रण, शान्ति र सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न प्रहरी संस्थालाई सशक्त र सक्षम बनाउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै, प्रहरीलाई आवश्यक स्रोत र प्रविधिको अभावमा जिम्मेवारी निर्वाह गर्न कठिनाइ भइरहेकाले सरकार गम्भीर हुनुपर्ने माग गरेको छ।

संघले राज्यलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन सक्षम प्रहरी संयन्त्र निर्माण गर्न, जनताको जिउधनको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न र असामाजिक गतिविधि नियन्त्रणमा ल्याउन ठोस कदम चाल्न आग्रह गरेको छ।

 

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...